Home मुख्य समाचार एसईईमा उत्कृष्ट जीपीए र शतप्रतिशत नतिजा हासिल गर्ने विद्यालयलाई सम्मान

एसईईमा उत्कृष्ट जीपीए र शतप्रतिशत नतिजा हासिल गर्ने विद्यालयलाई सम्मान

विद्यालयलाई सम्मान गरिँदैको तस्वीर ।

हेटौँडा : शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरको आयोजनामा शैक्षिक गुणस्तर अभिवृद्धिका लागि माध्यमिक तहका प्रधानाध्यापकसँग अन्तरक्रिया कार्यक्रम भइरहेको छ । कार्यक्रममा सामुदायिक र संस्थागत दुबै विद्यालयका प्रधानाध्यापकको उपस्थिति रहेको छ ।

अन्तरक्रियामा भरतपुरस्थित नारायणी नमुना माध्यामिक विद्यालयका प्रधानाध्यापक पूर्णप्रसाद दवाडीले प्रधानाध्यापकको भूमिकाको विषयमा प्रस्तुती राख्दै भएको छ । शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख सुदीप गिरीको अध्यक्षता तथा जिल्ला शिक्षा समिति मकवानपुरका अध्यक्ष ललित बहादुर घलानको प्रमुख आतिथ्यमा अन्तरक्रियाको उद्घाटन कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्डको हेटौँडास्थित कार्यालयका प्रमुख बद्रीबहादुर पाठकको पनि आतिथ्य रहेको थियो । अन्तरक्रियाकै अवसरमा २०८१ सालको एसईईमा उत्कृष्ट जीपीए ल्याउने विद्यालय, एसईईमा उत्कृष्ट औसत जीपीए हासिल गर्ने विद्यालयलाई सम्मान गरिएको छ ।

सम्मानित हुनेमा ३ वटा सामुदायिक र ७ वटा सस्थागत विद्यालय रहेका छन् । मकवानपुरमा मावितहको सामुदायिकतर्फ १०५ वटा रहेको छ भने ३७ वटा सस्थागत गरि १४२ वटा विद्यालय रहेका छन् । सामुदायिक तर्फ शतप्रतिशत नतिजासहित औसत ग्रेड समेत उत्कृष्ट रहेको मकवानपुरगढी गाउँपालिका–५, धादिङस्थित शारदा मावि, उकृष्ट औषत ग्रेडसहित हेटौँडा–९ स्थित प्रगति मावि, एक जनाको ४ जिपिएसहित उकृष्ट नतिजा रहेको हेटौंडा–५, पिप्लेस्थित बालज्योति मावि रहेको छ ।

यस्तै सस्थागततर्फ हेटौँडा–१० स्थित सोलिड्यारीटी इन्टरनेशनल एकेडेमी, हेटौंडा–२, बासुदेवमार्गस्थित बालजागृति इङ्गलिस सेकेन्डरी स्कुल एक जनाको ४ जिपिएसहित उकृष्ट नतिजा रहेको छन् भने दुई जनाको ४ जिपिएसहित उकृष्ट नतिजा रहेको हेटौँडा–४ स्थित नवोदय शिशु सदन मावि रहेको छ । शत प्रतिशत नतिजा हाँसिल गर्नेमा हेटौंडा–६ स्थित शुनगाभा शिक्षा निकेतन इङ्लिस स्कुल, थाहा नगरपालिका–१, ओखरबजारस्थित पालुङ मोर्डन इङ्गलिस मिडियम स्कुल, हेटौँडा–११, नवलपुरस्थित जेम्स इङ्गलिस मिडियम स्कुल र हेटौंडा–१८, खड्कुलेमा रहेको मकवानपुर बाल विद्या सदन रहेको छ ।

Exit mobile version