हेटौंडा : पछिल्लो समय हेटौंडा उपमहानगरपालिकाको खेलकुद विकास समिति निष्क्रिय भएको छ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि रवीन्द्र घिमिरेको अध्यक्षतामा रहेको नगर खेलकुद विकास समिति निष्क्रिय अवस्थामा रहेको शिक्षा विकास महाशाखाका अधिकृत राजमणि शर्माले जानकारी दिनुभयो ।
समिति निष्क्रिय भएपछि स्थानीय तहस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता कहिले हुने विषय अन्योलमा परेको छ । हाल खेलकुद विभाग पनि शिक्षा महाशाखाले नै हेर्ने गरेको छ ।











