संगठन गठन पश्चात खिचिएको सामुहिक तस्वीर ।

हेटौंडाः हेटौंडा–५, पिप्लेस्थित बालज्योति माध्यमिक विद्यालयले पूर्वविद्यार्थी संगठन पुनर्गठन भएको छ । शनिबार विद्यालयका पूर्वविद्यार्थी एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्रप्रसाद पोखरेलको सभाध्यक्षतामा संगठन पुनर्गठन गरिएको हो ।

२०६८ सालमा सुशील घिमिरेको अध्यक्षतामा गठन गरिएको पूर्वविद्यार्थी संगठनलाई पुनर्गठन गरेर सुदीप ठकुरीलाई अध्यक्ष चयन गरिएको विद्यालयका सहायक प्रधानाध्यापक चिरञ्जीवी घिमिरेले जानकारी दिनुभयो । संगठनको उपाध्यक्षमा प्रकाश बस्नेत, सचिवमा खड्क चौलागाईं, कोषाध्यक्षमा निश्चल सुवेदी र सहसचिवमा कुसुम थोकर रहनुभएको छ । यस्तै, सदस्यहरूमा शशी दाहाल, राजन न्यौपाने, रचना बज्राचार्य, सुजिना गोले, विवेक अर्याल, होमनाथ बास्तोला, राजेश श्रेष्ठ र चक्र भट्टराई चयन हुनुभएको छ ।

संगठनको सल्लाहकारमा रमेश बानियाँ, रवीन्द्रनाथ पोखरल, सुशील घिमिरे, अप्सरा बस्नेत, दीपेन्द्र ढकाल, रामबहादुर राई र प्रितमराज विष्ट रहनुभएको छ । नयाँ कार्यसमितिले माघ २८ गते हुने विद्यालयको स्वर्ण जयन्तीको अवसरमा स्मारिका प्रकाशन, स्वर्णस्तम्भ निर्माणलगायतका कार्यमा सहयोग गर्ने प्रतिबद्धता जनाएको सहायक प्रधानाध्यापक घिमिरेले बताउनुभयो ।