हेटौंडाः मकवानपुरको भीमफेदी गाउँपालिकाले आफ्नो कार्यालय र मातहतका सबै वडा कार्यालयहरु अत्यावश्यक सेवाहरु मात्र प्रदान गरेको जनाएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन कुँवरले भदौ १ गते एक सूचना प्रकाशन गर्नुहुँदै भदौ २ गतेबाट भदौ १० गतेसम्म अर्को स्वास्थ्य संस्थाबाट आकस्मिक सेवा, प्रसुती सेवा मात्र दिइने बताउनुभएको हो ।

कोरोना महामारी बढ्दै गएपछि भीमफेदी गाउँपालिकाले अत्याश्यकीय सेवा मात्र प्रदान गरेको प्रमुख प्रशासकीय अधिकृत कुँवरले जानकारी दिनुभएको छ ।