Home मुख्य समाचार सुधार केन्द्रमा रहेका संजयको मृत्यु

सुधार केन्द्रमा रहेका संजयको मृत्यु

सांकेतिक तस्वीर ।

हेटौँडा : चितवन जिल्लाको भरतपुर महानगरपालिका–१ रामनगरस्थित सुधार केन्द्रमा रहेका पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर–३, बाह्रघरेका ३८ वर्षीय ३८ वर्षीय संजय रुचाल रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

संजय आइतबार दिउँसो ४ बजेर २० मिनेटको समयमा अचानक विरामी भइ उपचारको लागि नयाँ मेडिकल कलेजमा भरतपुर लगिएको थियो । उपचारको क्रममा ४ बजेर ५५ मिनेटको समयमा चिकित्सकले मृत घोषण गरेको प्रहरीले जानकारी दिएको छ । संजय विगत छ महिनादेखि सुधार केन्द्रमा बस्दै आएका थिए ।

Exit mobile version