हेटौंडा : हेटौंडा–१६, हटियास्थित जनप्रिय माध्यमिक विद्यालयको आयोजनामा भएको रक्तदानमा २५ जनाले रक्तदान गरेका छन् । शनिबार विद्यालयले आयोजना गरेको रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्र हेटौंडाको प्राविधिक सहयोग रहेको थियो ।
केन्द्रमा पहिला रगतको अभाव नभए पनि अहिले ‘ए’ पोजेटिभ रगतको कमी भएको केन्द्रका प्राविधिक किशोर सापकोटाले जानकारी दिनुभयो । अरु ग्रुपको रगत केन्द्रमा भए पनि केहि समयदेखि ‘ए’ पोजेटिभ रगतको अभाव रहँदै आएको छ । प्राविधिक सापकोटाका अनुसार सोमबार र बुधबार पनि रक्तदान कार्यक्रम हुँदैछ । बुधबार अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा बुद्धचोकमा रक्तदान हुनेछ ।











