रक्तदान गर्दै रक्तदाता ।

हेटौँडा : हेटौँडा–१६, हटियास्थित जनप्रिय माध्यामिक विद्यालयको आयोजनामा भएको रक्तदानमा २५ जनाले रक्तदान गरेका छन् । शनिबार विद्यालयले आयोजना गरेको रक्तदान कार्याक्रममा रक्तसंचार केन्द्र हेटौँडाको प्राविधिक सहयोग रहेको थियो ।

केन्द्रमा पहिला रगतको अभाव नभए पनि अहिले ए पोजेटिभ रगतको कमि आएको केन्द्रका प्राविधिक किशोर सापकोटाले जानकारी दिनुभयो । अरु ग्रुपको रगत केन्द्रमा भए पनि केहि समयमा देखी ए पोजेटिभ रगतको अभाव रहँदै आएको छ । प्राविधिक सापकोटाका अनुसार सोमबार र बुधबार रक्तदान हुँदैछ । बुधबार अन्र्तराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा बुद्धचोकमा रक्तदान हुनेछ ।