हेटौँडा : मकवानपुरको भीमफेदी गाउँपालिका–९, मनकामनाडाँडाँस्थित देउराली सामुदायिक वन, बाघामारा क्षेत्रमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । मृत फेला पर्नेम ४५ वर्षीय राजेश परियार रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
बुधबार दिउँसो ३ बजेको समयमा राजेश घाँस काट्नका लागि श्रीमतीसँगै देउराली सामुदायिक वनमा गएका थिए । राजेश हर्रोको रुखको फेदमा बसेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । अनुसन्धानको क्रममा राजेशको हृदयघातका कारण मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मुचुल्का पश्चात शव पोष्टमार्टमका लागि हेटौँडा अस्पताल ल्याइएको छ ।











