हेटौँडा : अन्तर्राष्ट्रिय स्वयम्सेवी संस्थाको रुपमा रहेको रोटरी क्लबको बाल संगठनको रुपमा रहेको इन्ट्रयाक्ट क्लब हेटौँडा–९ स्थित प्रगति माविमा गठन गरिएको छ । रोटरी क्लब अफ हेटौँडाले आइतबार प्रगति माविमा इन्ट्रयाक्ट क्लब गठन गरेको हो ।
कक्षा–९ की छात्रा सदीक्षा नेपालको अध्यक्षतामा २१ सदस्यीय इन्ट्रयाक्ट गठन गरिएको हो । इन्ट्रयाक्ट क्लबको उपाध्यक्षमा कक्षा ९ का छात्र निरन्जन महतो र सचिवमा सोही कक्षाकी छात्रा आश्रिका कार्की निर्वाचित हुनुभएको छ । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र लामिछानेको अध्यक्षता तथा रोटरी क्लब अफ हेटौँडाका अध्यक्ष प्रमेश प्रधानको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा रोटरी क्लब अफ हेटौँडाका पूर्व अध्यक्ष इन्द्रप्रसाद नेपाल, पूर्व अध्यक्ष उज्जल शर्मा भण्डारी, क्लबमा अध्यक्ष निर्वाचित किशोर पराजुली, कोषाध्यक्ष सुदर्शन ढकालको पनि आतिथ्य रहेको थियो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक तथा रोटरी क्लब अफ हेटौंडाका वर्ष २०२५/२६ का अध्यक्ष निर्वाचित किशोर पराजुलीले विद्यार्थीलाई इन्ट्रयाक्ट क्लबको बारेमा अभिमुखीकरण गर्नुभएको थियो । इन्ट्रयाक्ट क्लब रोटरी क्लब अन्तर्गत रहेको विद्यालयस्तरमा सामाजिक कार्य, नेतृत्व विकासका कार्यहरु गर्ने संस्था हो । क्लबमा १२ वर्षदेखि १८ वर्ष उमेर समूहका विद्यार्थी संलग्न हुन पाउँछन् ।











