हेटौँडा : मकवानपुरको बकैया गाउँपालिका–४ रातोथलीस्थित एक घरमा आगोलागी भएको छ । शुक्रबार दिउँसो पौने ४ बजेको समयमा पूर्णबहादुर घलानको खरले छाएको र काठले बनेको भुइँतल्ले घरमा कोही नभएको अवस्थामा आगलागी हुँदा घर पूर्णरुपमा जलेर नष्ट भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

आगलागीबाट भाँडाकुँडा, अन्नपात, लत्ताकपडा, फर्निचरको सम्पूर्ण सामानहरु जलेर नष्ट हुँदा करिब तीन लाख पचास हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जानकारी दिएको छ । आगलागीबाट मानवीय र चौपाय भने क्षति नभएको प्रहरीले जनाएको छ ।