हेटौंडा : बकैया गाउँपालिकाको वडा नम्बर ५ मा प्राथमिक तहस्तरीय विविध मनोरञ्जनात्मक खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । शुक्रबार वडा शिक्षा समितिको आयोजनामा बकैया–५ स्थित किसान जागरुक सिद्धार्थ प्राथमिक विद्यालयमा कार्यक्रम भएको विद्यालयका प्रधानाध्यापक विदुर खतिवडाले जानकारी दिनुभयो ।
अतिरिक्त क्रियाकलाप अन्तर्गत छात्र र छात्राबीच छुट्टाछुट्टै चम्चा दौड, बोरा दौड, बेलुन डान्स र म्युजिकल चियर्स प्रतियोगिता भएको थियो । प्रतियोगितामा बकैया–५ स्थित किसान जागरुक सिद्धार्थ प्राथमिक विद्यालय, कर्मप्राप्ति माध्यमिक विद्यालय, प्रभात माध्यमिक विद्यालय र गीतावर आधारभूत विद्यालयका विद्यार्थीहरु सहभागी भएका थिए ।
चम्चा दौडमा छात्रतर्फ कर्मप्राप्तिका दिपेश भोलोन प्रथम, प्रभातका बुद्ध गोले दोस्रो, गीतावरका विन्दास तामाङ तेस्रो र छात्रातर्फ प्रभातका रोशना थिङ प्रथम, किसानका सुस्मिता थिङ दोस्रो र गीतावरका युनिसा विकले तेस्रो स्थान हासिल गरेका थिए । बोरा दौडमा छात्रतर्फ किसानका अजित रुम्बा प्रथम, कर्मप्राप्तिका अभि माझी दोस्रो, प्रभातका सन्जोग थिङ तेस्रो भएका थिए । छात्रातर्फ किसानका स्नेहा वाइबा प्रथम, कर्मप्राप्तिका सञ्जु वाइबा दोस्रो र गीतावरका जेनिसा गोले तेस्रो भएका थिए ।
यसैगरी, बेलुन डान्समा छात्रतर्फ किसान जागरुक प्रावि प्रथम, प्रभात मावि दोस्रो, कर्मप्राप्ति मावि तेस्रो र छात्रातर्फ किसान जागरुक प्रावि नै प्रथम, कर्मप्राप्ति मावि दोस्रो र गीतावर आवि तेस्रो भएका थिए । म्युजिकल चियर्समा छात्रतर्फ कर्मप्राप्ति मावि प्रथम, प्रभात मावि दोस्रो, किसान जागरुक प्रावि तेस्रो र छात्रातर्फ गीतावर आवि प्रथम, किसान जागरुक प्रावि दोस्रो र प्रभात मावि तेस्रो भएका थिए ।
प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र चौथो हुनेलाई पुरस्कार वितरण गरिएको थियो । जागरुक सिद्धार्थ प्राथमिक विद्यालय व्यवस्थापन समितिका सदस्य टासीडोल्मा मोक्तानको सभाध्यक्षतामा भएको कार्यक्रममा वडा सचिव देवराज लामिछानेको प्रमुख आतिथ्य रहेको थियो ।











