हेटौंडाः मकवानपुर कुखुरा व्यवसायी संघले हेटौंडा–६ गौरिटारमा सञ्चालित आइसोलेसन वार्डमा राखिएका कोरोना सङ्क्रमितलाई अण्डा तथा कुखुराको मासु उपलब्ध गराएको छ । संघले एक महिनाका लागि पुग्ने गरी आइसोलेसनमा रहनेका लागि लागि प्रतिव्यक्ति दैनिक २ वटा अण्डा र हप्ताको २ दिन बुधबार र शनिबार कुखुराको मासु खुवाउने व्यवस्था गरेको छ ।
अण्डामा हुने विभिन्न पौष्टिक तत्वले रोगसँग लड्ने प्रतिरोधात्मक शक्ति बढाउने भएकाले यस किसिमको सहयोग गरिएको संघका अध्यक्ष राजु अधिकारीले जानकारी दिनुभएको छ । जिल्लामा रहेका कुखुरा व्यवसायी सप्लायर्ससँग समन्वय गरी अण्डा र मासु उपलब्ध गराउने व्यवस्था मिलाइएको अध्यक्ष अधिकारीको भनाइ छ । ६ नम्बर वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईलाई संघका अध्यक्ष राजु अधिकारीले आज अण्डा हस्तान्तरण गर्नुभएको छ ।
यस्तै कुखुरा व्यवसायी संघले आइसोलेसन वार्डको सरसफाईका लागि आवश्यक पोलिथिन व्याग, बाल्टिन, कोलिनका साथै आइसोलेसन वार्डमा रहने विरामीका लागि उपयोगी टुथपेस्ट, ब्रस, चप्पल पनि सहयोग गरेको छ । संघले करिब एक लाख ५५ जार रुपैयाँ बराबरको सहयोग गरेको संघकी वरिष्ठ उपाध्यक्ष प्रतिमा श्रेष्ठले जानकारी दिनुभएको छ ।