हेटौँडा : रामेछापको खाँडादेवी गाउँपालिका–४ रजगाउँस्थित माडी मुहान–त्रिवेणी भित्री सडकखण्डमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । शुक्रबार दिउँसो ४ बजेर ३० मिनेटको समयमा रजगाउँबाट मन्थलीतर्फ जाँदै गरेको ना १ ज ५५५८ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट ५० मिटर तल खस्दा दुर्घटना भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

दुर्घटनामा मन्थली नगरपालिका–३, माथिल्लो कठजोरकी ५३ वर्षीया गितामाया जोगीको उपचारका क्रममा सोहिदिन बेलुका ७ बजेर १० मिनेटको समयमा मन्थली अस्पतालमै मृत्यु भएको छ भने मन्थली नगरपालिका–२, तल्लो कठजोरकी ६७ वर्षीया हित कुमारी श्रेष्ठलाई काठमाडौँको बिएण्डबी अस्पताल लगिएको राती १० बजेर १० मिनेटको समयमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा सुमोमा चालकसहित ६ जना घाइते भएका छन् भने दुई जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरूमध्ये ३ जनाको काठमाडौंस्थित ट्रमा सेन्टरमा, चालकको अन्नपूर्ण न्यूरो अस्पताल, एकको टिचिङ अस्पताल र एकको केएमसी सिनामंगलमा उपचार भइरहेको छ ।