हेटौँडा : सडकमै ट्रक पल्टिएपछि अवरुद्ध भएको हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सडक संचालनमा आएको छ । शनिबार बिहान ५ बजेदेखी पूर्ण रूपमा अवरुद्ध भएको सडक बिहान ११ बजेर ३० मिनेटमा ट्रक हटाए पश्चात बाटो सुचारु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो ।
वीरगञ्जबाट काठमाडौँतर्फ औषधि लोड लिई जाँदै गरेको ना ३ ख ३१९२ नम्बरको ट्रक मकवानपुरको भीमफेदी गाउँपालिका–८ बगुवास्थित सडकमा ब्रेकफेल भई अनियन्त्रित भएर पल्टिँदा पछि सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो । सडक अवरुद्ध हुँदा हेटौँडाबाट काठमाडौँ गुडेको र काठमाडौँबाट हेटौँडा आउँदै गर्दा बाटोमै रोकिएका सवारीसाधन ट्रक हटाएर पछि आफ्नो गन्तब्य तर्फ गएको उहाँले बताउनुभयो । ट्रक चालक सकुशल रहेका छन् ।











