हेटौँडा : मकवानपुरको राक्सिराङ गाउँपालिका–७ ध्यारी टोलमा ७० वर्षीया आइती मायाँ प्रजाको घर आगलागी हुँदा चार लाख रुपैयाँ बराबरको क्षति भएको छ । बिहीबार दिउँसो २ बजेर ३० मिनेटको समयमा घरमा जडान गरिएको सोलारको तार सर्ट भई आगलागी हुँदा आइती मायाको घर, घरभित्र रहेको नगद ७० हजार रुपैयाँसहित तिलहरी एक थान, लत्ताकपडा, भाडावर्तन, खाद्यान्नलगायतका सम्पूर्ण सामान जलेर नष्ट भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा आएकाले थप क्षति हुनबाट जोगिएको प्रहरीले जानकारी दिएको छ ।
