Home खेलकुद पिप्ले युवा क्लबलाई २५ हजार सहयोग

पिप्ले युवा क्लबलाई २५ हजार सहयोग

सहयोगी शत्रुघन भुजेल ।

हेटौँडा : सहिद स्मारक ‘सी’ डिभिजन छनोट खेलिरहेको पिप्ले युवा क्लबलाई २५ हजार रुपैयाँ सहयोग प्राप्त भएको छ । सरस्वती युवा क्लब कोटेश्वरका पूर्व खेलाडी एवम् भेट्रान्सका सदस्य शत्रुघन भुजेलले २५ हजार रुपैयाँ सहयोग गरेको पिप्ले युवा क्लबका अध्यक्ष सुविन घिमिरे जानकारी दिनुभयो ।

बिहिबारदेखि अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा शुरु भएको प्रतियोगितामा पिप्ले युवा क्लबसहित देशभरका ३९ वटाको टिमको सहभागिता रहेको छ । समुह ‘एफ’ मा रहेको पिप्ले युवा क्लबले प्रतियोगिताको आफ्नो पहिलो खेलमा शुक्रबार मुसौरिया फुटबल क्लबसँग खेल्दैछ । खेल दिउँसाो ३ बजेदेखि ललितपुरको सातोदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुरू हुनेछ ।

पिप्ले क्लबले आफ्नो दोस्रो खेलमा मंसिर १२ गते पञ्चकोशी युवा क्लबसँग भिड्ने छ । सबै समूहबाट समूह विजेताले प्रतियोगिताको क्वार्टरफाईनल प्रवेश गर्नेछ । प्रतियोगिताको विजेता र उपविजेता टोलीले ‘सी’ डिभिजनमा प्रवेश पाउनेछ ।

Exit mobile version