Home मुख्य समाचार लेखापढी कानुन व्यवसायीमा भट्टराई

लेखापढी कानुन व्यवसायीमा भट्टराई

हेटौँडाः नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन मकवानपुरको अध्यक्षमा श्यामप्रसाद भट्टराई चयन हुनुभएको छ । शुक्रबार सम्पन्न एसोसिएसनको पाँचौँ अधिवेशनबाट भट्टराईको अध्यक्षतामा नयाँ समितिको गठन भएको हो ।


नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा अम्बिका कुमारी कोईराला, सचिवमा महालक्ष्मी राजभण्डारी, सह–सचिवमा मिना अधिकारी र कोषाध्यक्षमा बासुदेव बानियाँ चयन हुनुभएको छ । यसैगरी सदस्यमा मनोज हुमागाई, बन्दना देउला, सबिना परियार र सुशील पासवान चयन हुनुभएको छ । नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन केन्द्रिय समितिका उपाध्यक्ष आत्माराम मुक्तानको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विशिष्ट अतिथि उच्च अदालत पाटन हेटौँडा बार एसोसिएसनका अध्यक्ष मनप्रसाद भट्टराई, केन्द्रिय सदस्य छविलाल अधिकारी, खिलप्रसाद गौतम, राधादेवी पाठक, गुरुप्रसाद सुवेदी लगायतको उपस्थिति रहेको थियो ।

Exit mobile version