हेटौंडाः चितवन जिल्लामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । शनिबार कालिका नगरपालिका–७ तल्लो बजारका ६९ वर्षीय चन्द्र प्रसाद पन्तको करेन्ट लागेर मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।
शनिबार दिउँसो २ बजेर २० मिनेटको समयमा कुलोमा बिधुतिय मोटरबाट पानी लगाउने क्रममा करेन्ट लागेर ढलेको अवस्थामा पन्त फेला परेका थिए । उपचारका लागि सरकारी अस्पताल भरतपुर ल्याइएको चन्द्र प्रसाद पन्तलाई डाक्टरले २ बजेर ४५ मिनेटको समयमा मृत घोषण गरेको प्रहरीले जनाएको छ ।
