हेटौँडाः मकवानपुरको भीमफेदी गाउँपालिका(१, बुङ्दलमा मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ।
आइतबार बिहान दुर्घटना भएको जानकारी प्राप्त भएपछि प्रहरी घटनास्थलमा जाँदै गरेको मकवानपुर प्रहरी प्रवक्ता पुष्कर बोगटीले जानकारी दिनुभयो। मृतकको पहिचान खुलेको छैन। सडकबाट करिब १० मिटर तल मोटरसाइकल खसेर दुर्घटना भएको प्रहरीको भनाइ छ।
