Home मुख्य समाचार बुङदल दुर्घटनामा मृतकको पहिचान खुल्यो

बुङदल दुर्घटनामा मृतकको पहिचान खुल्यो

सांकेतिक तस्वीर ।

हेटौँडा : मकवानपुरको भीमफेदी गाउँपालिका–१, बुङदलमा मोटरसाइकल दुर्घटनामा परी मृत्यु हुने २ जनाको पहिचान खुलेको छ । मोटरसाइकल चालक हेटौँडा–२, चौकीटोलका ३९ वर्षीय बीरबहादुर गुरुङ र मोटरसाइकलमा पछाडि सवार पूर्वी नवलपरासी जिल्लाको कावासोती नगरपालिका–१३ घर भई हाल हेटौँडा–२, चौकिटोलमा डेरा गरी बस्ने ३५ वर्षीय चन्द्रबहादुर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

आइतबार बिहान ७ बजेको समयमा घटनास्थलमै २ जना मृत अवस्थामा रहेको भनी स्थानीयले खबर गरेपछि प्रहरी घटनास्थल पुगेको थियो । बीरबहादुर र चन्द्रबहादुर सवार बा प्र ०३–००५ प ७९८० नम्बरको मोटरसाईकल बुङदल खोलाको पुलबाट करिब ५० फिट तल खसेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा दुर्घटना राती नै भएको हो । प्रहरीले दुवै शवलाई पोष्टमार्टमका लागि हेटौँडा अस्पताल पठाएको छ ।

Exit mobile version