हेटौंडा : हेटौंडा इन्फिल्डर्स मकवानपुरले हेटौंडा उपमहानगरपालिकालाई फर्निचर सहयोग गरेको छ । संस्थाले २० हजार रुपैयाँ बराबरको दुई थान फर्निचर (३ सिटर) सहयोग गरेको हो ।
सहयोग सामग्री हेटौंडा उपमहानगरपालिकाका जिन्सी शाखा प्रमुख श्यामकुमार श्रेष्ठले बुझ्नु भएको हेटौंडा इन्फिल्डर्स मकवानपुरका अध्यक्ष रजक शाहीले जानकारी दिनुभयो । सन् २०१३ मा दर्ता भएको हेटौंडा इन्फिल्डर्स बुलेट मोटरसाइकल चालकहरुको संस्था हो । यसले मकवानपुर जिल्लामा पर्यटन प्रवद्र्धनका साथै सामाजिक कार्यहरु गर्दै आएको छ । उपमहानगरपालिका कार्यालयका सेवाग्राहीलाई बस्न सहजताका लागि ३ सिटर सहयोग गरिएको अध्यक्ष शाहीको भनाइ छ ।











