हेटौंडाः चितवन जिल्लामा कन्टेनरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । शनिबार राति १२ बजेर ५ मिनेटको समयमा खैरहनी नगरपालिका–८, चैनपुरचोकमा कन्टेनरले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।
पूर्वपश्चिम राजमार्गमा नारायणघाटबाट हेटौंडातर्फ जाँदै गरेको मधेश प्रदेश ०३ –००२ ख ०७९९ नम्बरको कन्टेनर ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बा प्र ०६–००५ प ७७६८ नम्बरको मोटरसाइकललाई ठक्कर दिई दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाइकल चालक चितवनको राप्ती नगरपालिका–७ का १९ वर्षीय श्रीराम कण्डेल र पछाडी सवार राप्ती नगरपालिका–५ का २० वर्षीय बिमला तामाङ गम्भिर घाइते भएका थिए । घाइते दुबै जनालाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर पठाइएको थियो । उपचारको क्रममा राति १ बजेर २५ मिनेटको समयमा कण्डेललाई र दिउँसो २ बजे तामाङलाई डाक्टरले मृत्त घोषण गरेको थियो । मृतकका आफ्नाहरुले अस्पतालमा पुगि शवको सनाखत गरेको प्रहरी जनाएको छ ।
ठक्कर दिने कन्टेनर, मोटरसाइकल र कन्टेनर चालक जिल्ला प्रहरी कार्यालय चितवनको नियन्त्रणमा रहेको छ । प्रहरीले कन्टेनर चालकको नाम भनि खुलाएको छैन ।










