हेटौंडाः मकवानपुरको पूर्विक्षेत्रस्थित बागमती गाउँपालिकाले जिल्लामा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको भन्दै भोलि सोमबारदेखि लागु हुने गरी स्वास्थ्य सेवा बाहेकका सेवा एक साताका लागि सेवा बन्द गर्ने निर्णय गरेको छ ।

स्वास्थ्य सेवा बाहेक सबै सेवा भदौ १ गतेदेखि ७ गतेसम्म बन्द रहने जानकारीसहित गाउँपालिकाले आज एक सूचना प्रकाशित गरेको छ । यसअघि जिल्लाको उत्तर–पश्चिम क्षेत्रस्थित कैलाश गाउँपालिकाले पनि अत्यावश्यक सेवा बाहेकका सेवा बन्द गर्ने निर्णय गरिसकेको छ ।