हेटौँडा : मकवानपुरका प्रमुख जिल्ला (प्रजिअ) अधिकारी बसन्त अधिकारी कार्यालयमा हाजिर हुनुभएको छ ।
प्रजिअ अधिकारीले सोमबारबाट कार्यालयमा हाजिर भएर जिम्मेवारी सम्हाल्नुभएको हो । यसअघि अधिकारी सिराहाको प्रमुख जिल्ला अधिकारी हुनुहुन्थ्यो । यसअघिका मकवानपुरकी प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ सिन्धुलीको प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा हुनुभएको थियो । श्रेष्ठले २०८१ साल फागुन १५ गतेदेखि मकवानपुरमा पद सम्हाल्नुभएको थियो ।
















