कान्ति लोकपथअन्तर्गत बकैया-११, घट्टेपाखामा सडकमा खसेको ढुङ्गा। 

हेटौँडा: हेटौँडा-ललितपुर कान्ति लोकपथ सडक अवरुद्ध भएको छ। 

आइतबार बिहान ६ बजेर ५५ मिनेटको समयमा बकैया-११, घट्टेखेपाखामा बाटो माथिबाट ढुंगा खसेपछि बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

ढुंगा हटाएर बाटो खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।