हेटौँडा–४ निवासी बिजु मुक्तान र लसाङ घिसिङ मुक्तान दम्पत्तिले छोरा श्रमिक मुक्तानको पहिलो जन्मोत्सवको अवसरमा मामाघर नेपाललाई सहयोगपछि मायाको चिनो ग्रहण गर्नुहुँदै ।

हेटौँडा : बेसाहारा सडक बालबालिकाको उद्दार, संरक्षण र परिवारमा पुनर्मिलनको कार्यमा सक्रिय हेटौँडा–११, डाङ्डुङ्गेस्थित मामाघर नेपाल मकवानपुरलाई हरेक दिन सहयोग प्राप्त हुने गरेको छ । भान्जाहरुको शिक्षा, स्वास्थ्य र लालनपालनका लागि मामाघरमा सहयोग लिएर सहयोगी दाता प्रायः दिनहुँ पुग्ने गरेका छन् ।

शनिबार मकवानपुरगढी गाउँपालिका–५ का मुस्कान दाहाल र सुनिता कुमारी गैरे दम्पत्तिले छोरा सक्षम दाहालको सातौं जन्मोत्सवको अवसरमा नगद ५ हजार ५ रुपैयाँ सहयो गर्नुभएको छ । शनिबार नै भीमफेदी गाउँपालिका–२ का नवीन रानाले जन्मदिनको अवसरमा स्टेसनरी, खेलकुद सामग्रीसहित नगद ५ हजार रुपैयाँ र बिहानीको खानावापत ६ हजार रुपैयाँ सहयोग गर्नुभएको छ ।

शुक्रबार काठमाडौं–४ निवासी सीमा अधिकारी र उषा श्रेष्ठले बिहान र बेलुकीको खानासँगै ५/५ हजार रुपैयाँ सहयोग गर्नुभएको छ । बुधबार हेटौँडा–४ निवासी बिजु मुक्तान र लसाङ घिसिङ मुक्तान दम्पत्तिले छोरा श्रमिक मुक्तानको पहिलो जन्मोत्सवको अवसरमा १० हजार रुपैयाँ सहयोग गर्नुभएको छ ।

मामाघरलाई कार्तिक १ गतेदेखि १५ गतेसम्म १ लाख ११ हजार ४६० रुपैयाँ नगद र ९५ हजार रुपैयाँ बराबरको जिन्सी गरी २ लाख ६ हजार ४६० रुपैयाँ प्राप्त भएको मामाघरका कोषाध्यक्ष नवीन सिलवालले जानकारी दिनुभयो । मामाघरलाई जन्मदिन, साधारण सभा, स्मृति दिवस, पितृ कार्य लगायतका अवसरमा प्रायः सहयोग प्राप्त हुने गरेको बताएको छ ।

कार्तिक महिनामा भने धेरैजसो जन्मदिनको अवसरमा सहयोग प्राप्त भएको मामाघरका कोषाध्यक्ष सिलवालले जानकारी दिनुभयो । अहिले मामाघरमा २१ जना भान्जाहरू आश्रित छन् । ती सबै बालकहरु पूर्वप्राथमिक तहदेखि कक्षा १२ सम्म अध्ययनरत छन् ।