हेटौँडा : बिपी राजमार्ग अन्तर्गत सिन्धुली जिल्लाको सुनकोसी गाउँपालिका–६, चैनपुरमा कार अनियन्त्रित भई पल्टिँदा श्रीमानको मृत्यु भएको छ भने श्रीमती र छोरा घाइते भएका छन् । मंगलबार बिहान ११ बजेको समयमा विराटनगरबाट काठमाडौंतर्फ जाँदै गरेको बा ७ च ७५५४ नम्बरको कार आफैं अनियन्त्रित भई सडकबाट ४२ फिट तल खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।

दुर्घटनामा कार चालक मोरङ जिल्लाको विराटनगर महानगरपालिका–१७ का ६५ वर्षीय ओम बहादुर अर्जेल, श्रीमती ४९ वर्षीया सुनिता अर्जेल र छोरा ३१ वर्षीय छोरा निशान्त अर्जेल घाइते भएका थिए । घाइते तीनै जनालाई आत्मिय सामुदायिक अस्पताल खाल्टेमा उपचारका लागि लगिएकोमा कार चालक ओमबहादुरलाई चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ । घाइते सुनिता र निशान्तलाई थप उपचारका लागि धुलिखेल अस्पताल रिफर गरिएको प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिनुभयो ।