हेटौँडा : चितवन जिल्लाको भरतपुर महानगरपालिका–१०, सिनर्जिचोकमा एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–६, घर भई हाल सिनर्जिचोक बस्ने २३ वर्षीय सुरज महत्तो रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
सोमबार दिउँसो १ बजेर ४० मिनेटको समयमा सुरज आफ्नै कोठामा बेहोस अवस्थामा फेला परेका थिए । सुरजलाई उपचारका लागि चितवनस्थित सरकारी अस्पताल भरतपुर लगिएकोमा दिउँसो २ बजेर १५ मिनेटको समयमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।










