Home मुख्य समाचार मापसे गरी सवारीसाधन चलाउनेलाई जरिवाना गराइयो, स्वरुप परिवर्तन गर्ने मोटरसाइकल छठ पछि...

मापसे गरी सवारीसाधन चलाउनेलाई जरिवाना गराइयो, स्वरुप परिवर्तन गर्ने मोटरसाइकल छठ पछि मात्रै छाडिने

प्रहरीले नियन्त्रणमा लिएका ध्वनि प्रदुषण गर्ने मोटरसाइकलहरु ।

हेटौँडा : चाडपर्वको समयमा सार्वजनिक सडकमा मादक पदार्थ सेवन (मापसे) गरी सवारीसाधन चलाएको भनी मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको सवारी साधन जरिवाना गराएर छाडेको छ । मंगलबार हेटौँडा बजारका विभिन्न स्थानबाट मादक पदार्थ सेवन गरी सञ्चालन भइरहेका एउटा अटो र २३ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको थियो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) पुस्कर बोगटीका अनुसार नियन्त्रणमा लिएको सवारी साधनलाई ट्राफिक प्रहरीले जरिवाना गराएर छाडेको हो । मादक पदार्थ सेवन अहिले पनि प्रहरीले दैनिक रुपमा ५–१० वटा सवारी साधन नियन्त्रणमा लिने गरेको छ । यस्तै मंगलबार नै हेटौँडा बजार क्षेत्रबाट नियन्त्रणमा लिएको रुप परिवर्तन गरी ध्वनि प्रदुषण गर्ने ७ वटा मोटरसाइकललाई छठ पर्वपछि मात्र छोड्ने बताएको छ । मोटरसाइकलको पार्टपुर्जा परिवर्तन गरी ध्वनि प्रदुषण गरेको भनी सर्वसाधारणले आलोचना गरेपछि प्रहरीले कारवाही अगाडि बढाएको थियो । मोटरसाइकलको साइलेन्सर फेरेर र कानुन अनुसार जरिवाना गराएर छठ पर्वपछि मात्र साधन धनिको जिम्मा लागाउने डिएसपी बोगटीले बताउनुभयो ।

Exit mobile version