रक्तदानपछि रक्तदातालाई प्रमाणपत्र वितरण गर्नुहुँदै इन्स्योरेन्सका प्रमुख व्यवसाय अधिकृत एवम् बागमती प्रदेश प्रमुख शिवकुमार कार्की ।

हेटौँडा : सिटिजन्स लाइफ इन्स्योरेन्सको आठौं वार्षिकोत्सवको अवसरमा शनिबार हेटौँडा–१६, हटियामा रक्तदान कार्यक्रम भएको छ । कार्यक्रममा १७ जनाले रक्तदान गरेका छन् । रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्र हेटौँडाको प्राविधिक सहयोग रहेको थियो ।

इन्स्योरेन्स कम्पनिका देशभर रहेका शाखा कार्यालयहरुले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाएको प्रमुख व्यवसाय अधिकृत एवम् बागमती प्रदेश प्रमुख शिवकुमार कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार देशभर रहेका शाखाहरुमार्फत वृक्षरोपण, रक्तदान, आश्रममा खाद्यान्न सहयोग लगायतका का कार्य गरिएको छ ।