हेटौँडा : सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका–३, बसेरीमा शवको आंशिक भाग फेला परेको छ । सोमबार बिहान ९ बजेको समयमा सुनकोशी नदीको किनारामा १० फिट पानीबाट बाहिर ढुङ्गा÷बालुवामा शव फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
शवको कम्मरदेखी मुनिको भाग सडेगलेको अवस्थामा (हड्डी) मात्र फेला परेको छ । सर्जमिन मुचुल्का गरी उक्त लाशको आंशिक भागको सदगद गरेको प्रहरीले जानकारी दिएको छ ।











