Home मुख्य समाचार राक्सिराङमा चट्याङ लागेर एक पुरुष घाइते

राक्सिराङमा चट्याङ लागेर एक पुरुष घाइते

हेटौँडामा परेको चट्याङ । तस्वीर : राजन कटुवाल/फाइल तस्वीर ।

हेटौँडा : मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिका–८, माईसिराङमा चट्याङ लागेर एक जना पुरुष घाइते भएका छन् । चट्याङ लागेर स्थानीय ५५ वर्षीय देउ बहादुर चेपाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मंगलबार राती ८ बजेर ३० मिनेटको समयमा अचानक पानी र हावाहुरीसँगै परेको चट्याङ लागेर घरभित्र बसिरहेका चेपाङ बेहोस भएका थिए । घाइतेलाई तत्काल प्राथमिक उपचारका लागि मनहरी अस्पताल लगिएको थियो । त्यसपछि थप उपचारका लागि भरतपुर पठाइएको प्रहरीले चौकी चौनपुरले जनाएको छ ।

Exit mobile version