Home मुख्य समाचार मोटरसाइकलको ठक्करबाट घाइते कंडेलको उपचारको क्रममा मृत्यु

मोटरसाइकलको ठक्करबाट घाइते कंडेलको उपचारको क्रममा मृत्यु

हेटौँडा : चितवन जिल्लाको भरतपुर महानगरपालिका–१७ शारदानगरमा मोटरसाइकलको ठक्करबाट घाइते भएका साइकल यात्री वृद्धको उपचारका क्रममा मृत्यु भएको छ । बुधबार बिहान ८ बजेको समयमा शारदानगरबाट बेलुवा चोकतर्फ जाँदै गरेको बा.प्र.०६–००३ प ०७९६ नम्बरको मोटरसाइकलले साइकल यात्रीलाई ठक्कर दिएको थियो । दुर्घटनामा भरतपुर–१७ शारदानगरका ७५ वर्षीय तिलक प्रसाद कंडेल घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

मोटरसाइकलको ठक्करबाट घाइते भएका वृद्धलाई स्थानीय मेडिकलमा उपचारपछि थप उपचारका चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेज लगिएको थियो । उपचारको क्रममा वृद्धको सोमबार साँझ ७ बजेर १० मिनेटको समयमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक भरतपुर–१८ का ३६ वर्षीय सन्तोष तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Exit mobile version