Home मुख्य समाचार लागूऔषधसहित रातोमाटेबाट दुई जना पक्राउ

लागूऔषधसहित रातोमाटेबाट दुई जना पक्राउ

सांकेतिक तस्वीर । तस्वीर : गुगल ।

हेटौँडा : मकवानपुर प्रहरीले लागुऔषधसहित २ जनालाई मंगलबार हेटौँडा–१५, रातोमाटेबाट पक्राउ गरेको छ । मंगलबार अपरान्ह ६ बजेर ३५ मिनेटको समयमा लागुऔषध खैरो हिरोईन ११ ग्रामसहित २ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

वीरगञ्जबाट हेटौँडातर्फ आउँदै गरेको प्र ३–०३–००२ प २७९० नम्बरको स्कुटरलाई रोकेर सुरक्षाजाँच गर्दा २ वटा बोटलमा राखिएको अवस्थामा लागुऔषध बरामद भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले स्कुटरमा सवार दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जनाएको छ । प्रहरीले पक्राउ परेका व्यक्तिको परिचय भने खुलाएको छैन ।

Exit mobile version