हेटौंडा : हेटौंडा–५ स्थित ज्ञानदीप शिक्षा (जीएस) निकेतन माध्यमिक विद्यालयले विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको अवसरमा विविध सांस्कृतिक कार्यक्रम गरेको छ । शुक्रबार विद्यालयले देउसी–भैलो, गायन, नृत्य तथा उद्घोषण प्रतियोगितासहितको सांस्कृतिक कार्यक्रम गरेको हो ।
विद्यालयका प्रधानाध्यापक ईश्वर लामिछानेको सभाध्यक्षतामा भएको कार्यक्रममा कक्षा नर्सरीदेखि १० सम्मका विद्यार्थीहरूको सहभागिता रहेको थियो । कार्यक्रमको माध्यमबाट विद्यार्थीहरूले विभिन्न विधामा आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर पाउने विद्यालयका सहायक प्रधानाध्यापक दीपक गौतमले जानकारी दिनुभयो ।
कार्यक्रममा प्रमुख अतिथिको रूपमा ज्ञानदीप बहुउद्देशीय सहकारी संस्था लिमिटेडका अध्यक्ष ऋषिराम उपाध्याय पोखरेलको उपस्थिति थियो । त्यसैगरी, विशिष्ट अतिथि उपाध्यक्ष राजेश घिमिरे, सचिव लीलानाथ ढुङ्गेल, कोषाध्यक्ष मोहन न्यौपाने, लक्ष्मी गजुरेल, निमेष निखिलसहितका अतिथिहरुको उपस्थिति थियो ।











