Home अन्तराष्ट्रिय चार नेपालीले पाए कतारमा जनही १५ हजार रियाल

चार नेपालीले पाए कतारमा जनही १५ हजार रियाल

पुरस्कार पाएपछि फोटो खिचाउदै

एक दशकदेखि कतारको नासर अल अली इन्टरप्राइसेस कम्पनीमा कार्यरत चार नेपालीले जनही १५ हजार कतारी रियाल पाएका छन् । अबिर बहादुर राई, पन्चे राई, छिरिङ्ग राई र दशरथ मुसहरले नासर अल अली कम्पनीबाट जनही १५ हजार कतारी रियाल सहित कदरपत्र पाएको शिवराज गौतमले जानकारी दिनुभयो । कम्पनीका संचालक नासर अल अलीले पुरस्कार वापतको रकम वितरण गर्दै लामो समयदेखि मिहेनत र इमान्दारीपूर्वक काम गरेको भन्दै उनीहरुको प्रशंसा गर्नु भएको थियो ।

पुरस्कृत भएका नेपालीहरुले प्राप्त रकम आफ्नो बच्चाहरूको शिक्षाको लागि खर्च गर्ने बताएका छन् । पुरस्कृत हुने नेपालीहरु २००९ मा नासर अल अली एन्टरप्राइजेज कम्पनीमा निर्माण श्रमिकका रूपमा आएका थिए । हाल उनीहरु दक्ष कामदारका रुपमा कम्पनीमा कार्यरत रहेका छन ।यसैबिच कम्पनीले नेपाल सहित भारत र बंगलादेशलगायत विभिन्न राष्ट्रका आफ्ना १० कर्मचारीहरूलाई जुलाई महिनामा उत्कृष्ट कार्य गरेको भन्दै कतारी रियाल एक हजार सहित पुरस्कृत गरेको थियो ।

कतारबाट अनिल पराजुलीको सहयोगमा

Exit mobile version