Home मुख्य समाचार बागमती प्रदेश प्रमुखको कार्यालयका सचिवमा पनि कोरोना भाइरस सङ्क्रमण

बागमती प्रदेश प्रमुखको कार्यालयका सचिवमा पनि कोरोना भाइरस सङ्क्रमण

हेटौंडाः बागमती प्रदेश प्रमुखको कार्यालयका सचिवमा पनि कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । बुधबार साँझ ज्वरो आउने र घाँटी दुख्ने समस्या भएपछि कोरोना परीक्षणका लागि स्वाब नमूना हेटौंडास्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा पठाइएको प्रदेश प्रमुखको कार्यालयका सचिव मधुसुदन बुर्लाकोटीले जानकारी दिनुभएको छ ।

आज बिहान प्राप्त रिपोर्टअनुसार सचिव बुर्लाकोटीमा कोरोना सङ्क्रमण पुष्टि भएको हेटौंडास्थित आइसोलेसन वार्ड स्रोतले जनाएको छ । सचिव बुर्लाकोटीलाई कोरोना सङक्रमण पुष्टि भएसँगै परिवारका अन्य सदस्यको पनि स्वाब नमूना सङ्कलन गरी परीक्षणको तयारी भइरहेको बताइएको छ । सचिव बुर्लाकोटी परिवारसहित हेटौंडामै बस्नु भएको छ । सचिव बुर्लाकोटीको परिवारमा श्रीमति, छोरी र एकजना सहयोगी छन् ।

Exit mobile version