सांकेतिक तस्वीर ।

हेटौँडा : नुवाकोट जिल्लाको बिदुर नगरपालिका–८, राईसिंह मानिषमा अचेत अवस्थामा फेला परेका पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा ४९ वर्षीय नवराज राना मगर रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

गत भदौ ३१ गते दिउँसो १२ बजेर ३० मिनेटको समयमा नवराज आफ्नै फर्निचरमा अचेत अवस्थामा फेला पारेका थिए । नवराजलाई ग्रीन सिटि अस्पताल नुवाकोटमा सामान्य उपचार पश्चात थप उपचारका लागि जिल्ला अस्पताल त्रिशुली लगिएको थियो । उपचारको क्रममा बुधबार राती १० बजेर १० मिनेटको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।