हेटौंडा : कक्षा १२ को पूरक (मौका) परीक्षा सकिएको छ । मंगलबारबाट सुरु भएको मौका परीक्षा बुधबार सम्पन्न भएको हो ।
बुधबार अन्तिम दिनको मौका परीक्षामा ५५ जना अनुपस्थित हुँदा ५ सय ४५ जना परीक्षार्थी उपस्थित भएको राष्ट्रिय परीक्षा बोर्ड हेटौंडाले जनाएको छ । मौका परीक्षा मकवानपुर बहुमुखी क्याम्पस, भुटनदेवी माध्यमिक विद्यालय, आधुनिक राष्ट्रिय माध्यमिक विद्यालय, सिद्धार्थ माध्यमिक विद्यालय र हेटौंडा क्याम्पस गरी मकवानपुर जिल्लामा ५ वटा केन्द्रमा सञ्चालन भएको थियो । बुधबार अनिवार्य नेपाली र दुई विषयमा परीक्षा दिनेहरुको लागि आफूले परीक्षा दिने विषयमध्ये ठूलो कोड नम्बर भएको विषयको परीक्षा भएको थियो ।











