Home मुख्य समाचार हेटौंडाको दारिमटारमा तेल ट्याङकर, ट्रक र बस ठोक्किँदा ३१ जना घाइते

हेटौंडाको दारिमटारमा तेल ट्याङकर, ट्रक र बस ठोक्किँदा ३१ जना घाइते

हेटौँडाः पूर्व —पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौंडा —१९, दारिमटारमा तीनवटा सवारी साधन एकआपसमा ठोक्किएर दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् ।

मकवानपुर प्रहरीका अनुसार तेल ढुवानी गर्ने ट्याङकर, ट्रक र यात्रुवाहक बस आपसमा ठोक्किँदा दुर्घटना भएको हो । घाइते सबैलाई उपचारका लागि अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिनुभएको छ। घटनाको विस्तृत विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

Exit mobile version