हेटौँडा : नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका–५, केउरेनीमा एक जना महिला मृत फेला परेकी छन् । सोमबार साँझ ५ बजेर ५५ मिनेटको समयमा त्रिशुली नदीको किनारामा नाम नखुलेको अन्दाजी ४५ वर्षीया महिला मृत फेला परेको बागमती प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।
शव सडिगलेको अवस्थामा फेला परेको थियो । मुचुल्का पश्चात शव पोष्टमार्टमका लागि त्रिशुली
अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ ।











