हेटौँडा : गत बिहीबार दिउँसोदेखि हराएका भनिएका २ बालिका शनिबार बिहान घर फर्किएका छन् ।

हेटौँडा–१९, नेवारपानीस्थित बगौली क्षेत्रबाट हराएका ११ वर्षीया समीक्षा नेगी र १३ वर्षीया रोनिका मोक्तान शनिबार बिहान ९ बजेर ४५ मिनेटको समयमा घर फर्किएको इलाका प्रहरी कार्यालय नेवारपानीले जानकारी दिएको छ । उनीहरुका अभिभावकका अनुसार साथीको घर गएका उनीहरु शनिबार बिहान घर फर्किएका हुन् ।