हेटौँडा : मकवानपुरको थाहा नगरपालिकाले भोलि आइतबारदेखि विद्यालयको पठनपाठन सुचारु गर्ने भएको छ ।

जेनजी युवाको आन्दोलनका कारण बुधबारदेखि पठनपाठन प्रभावित बनेको थियो । आज (शनिबार) एक सूचना जारी गर्दै थाहा नगरपालिकाले आइतबारबाट पठनपाठन सुचारु हुने जनाएको हो ।