शुक्रबार बिहान हेटौँडा बजारको मुख्यचोक बुद्धचोकमा देखिएको चहलपहल ।

हेटौँडा : बागमती प्रदेशको राजधानी हेटौँडाको जनजीवन सामान्य बन्दै गएको छ । जेन जी आन्दोलनका कारण भदौ २३ र २४ गतेदेखि प्रभावित बनेको हेटौँडाका नागरिकको जनजिवन सामान्यतर्फ उन्मुख भएको हो ।

जिल्लामा रातको समयमा कफ्र्यु र दिउँसो निषेधाज्ञा भएपनि विहान र साँझमा भने आवतजावत सहज बनाइएको छ । सडकमा नेपाली सेनाको उपस्थिति रहेपनि अत्यावश्यक कार्यका लागि बाधा पुर्‍याइएको छैन । यद्यपी जनजीवन सामान्य बनाउन र सहजीकरणका लागि बिहान ६ बजेदेखि १० बजेसम्म र साँझ ५ देखि ७ बजेसम्म यात्रा अनुमती दिइएको छ ।

यसैबीच केही साना सवारी साधन र मालबाहक ट्रकहरु चल्न थालेका छन् । बैक तथा वित्तीय संसथाहरुले सेवा प्रवाह थालेका छन् भने बजार र पसलहरु आंशिक रुपमा खुल्न थालेका छन् । सरकारी कार्यालयहरु संचालनका लागि सरसफाई चलिरहेको छ । सर्वसाधारणको चहलपहल पनि बढेको छ ।