बिहीबार प्रदर्शनमा उत्रिएका युवाहरु ।

हेटौँडा : संविधानको रक्षा तथा राष्ट्रपतिलाई सार्वजनिक गर्न माग गर्दै स्थानीय प्रशासनको निषेधाज्ञा बीच हेटौंडामा दलसम्वद्ध युवाले प्रदर्शन गरेका छन् । कांग्रेस, एमाले, माओवादीका युवाहरूले संविधानको रक्षा र राष्ट्रपतिलाई सार्वजनिक गर्न माग गर्दै बिहीबार दिउँसो हेटौंडामा प्रदर्शन गरेका हुन् ।

निधेषाज्ञा जारी गरेको समयमा खटिएका सेनाकै अगडिा प्रदर्शनमा उत्रिएका युवाहरु ।

हेटौँडा–४, हुप्रचौरमा जम्मा भएका युवाहरूले संविधानको रक्षा, राष्ट्रपतिलाई सार्वजनिक गर्न मागसहित सैनिक शासन मान्य नहुने भन्दै नारावाजी गर्दै प्रदर्शन गरेका हुन् । उनिहरुले जेन्जी आन्दोलनमा सहादत प्राप्त गरेका युवालाई सहिद घोषणा गर, संविधानको रक्षा गर, राष्ट्रपतिलाई सार्वजनिक गर, सैनिक शासन मान्य हुनेछैन, संवैधानिक सर्वोच्चता कायम गर, संसद विघटन मान्य छैन जस्ता नारा लगाएका थिए ।

उनीहरुले हुप्रचौरबाट र्‍याली सुरु गरी मेनरोड, बैंकरोड हुँदै सिमाचोकमा गएर कोणसभा गरेका थिए । कोणसभा सकेर युवाहरुले स्कुलरोड पारिजात पथबाट पुनः हुप्रचौर पुगेर प्रदर्शन सम्पन्न गरेका थिए ।