हेटौँडा : कक्षा १२ को मौका परीक्षाहरु स्थगित भएको छ । देशमा विकसित विशेष परिस्थितिका कारण परीक्षा स्थगित गरिएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले जनाएको छ ।

बुधबार परीक्षा नियन्त्रण कार्यालयले एउटा सूचना जारी गर्दै राष्ट्रिय परीक्षा बोर्डले पूर्वनिर्धारित तालिका अनुसार भदौ २८ र २९ गते सञ्चालन हुने परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको जनाएको छ । स्थगित परीक्षाको संशोधित परीक्षा तालिका कम्तिमा ७ दिनको समय दिई पछि प्रकाशन गरिने सूचनामा उल्लेख छ ।