हेटौँडा : मकवानपुरको बागमती गाउँपालिकामा तोडफोड गर्न पुगेका समूहलाई स्थानीयले रोकेका छन् । जेनजी पुस्ताको आन्दोलनका सहभागी भन्दै बुधबार दिउँसो १२ बजेको समयमा ५ वटा मोटरसाइकलमा पुगेका १५ जनाको समूहलाई स्थानीयले रोकेका हुन् ।
तोडफोड गर्न गएका मध्ये ३ जनालाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका छन् । जेनजी पुस्ताले मंगलबार नै आन्दोलनका कार्यक्रम फिर्ता लिइसकेको सन्दर्भमा बुधबार बागमती गाउँपालिका पुगेका समूहलाई स्थानीयले रोकेका हुन् । गाउँपालिकाको कार्यालय पुग्नुअघि उक्त समूहले ६ र ७ नम्बर वडामा तोडफोड गरेका छन् ।











