Home मुख्य समाचार जेन जी पुस्ताको विरोध हेटौँडामा पनि (तस्वीरहरु)

जेन जी पुस्ताको विरोध हेटौँडामा पनि (तस्वीरहरु)

हेटौँडाको बुद्धचोकमा प्रदर्शनमा उत्रिएका जेन जी पुस्ता ।

हेटौँडा : देशव्यापी प्रदर्शनका क्रममा जेन जी पुस्ताले बागमती प्रदेशको राजधानी हेटौँडामा पनि सोमबार प्रदर्शन गरेका छन् । सामाजिक सञ्जालमा भएको अवरोध, भ्रष्ट्राचार र राजनीतिक नेतृत्वको आलोचना गर्दै जेन जी पुस्ताले प्रदर्शन गरेका हुन् ।

२८ वर्षभन्दा कम उमेर समूहका युवाको अग्रसरतामा भएको प्रदर्शनमा विद्यालय र कलेजका विद्यार्थी विद्यालय, कलेजका पोशाकमै प्रदर्शनमा उत्रिएका थिए । उनीहरु राजनीतिक दलका नेतृत्वको आलोचना गर्दै भ्रष्ट्राचार विरोधी नारा लगाएका थिए । हेटौँडाको नगरपालिका चोक, हुप्रचौरबाट निस्किएको प्रदर्शन बुद्धचोकमा आएर एक घण्टा धर्ना दिएका थिए ।

जेन जीको प्रदर्शन लक्षित प्रहरीको बाक्लो उपस्थिति रहेको थियो । आन्दोलनमा सहभागीले करिब २ घण्टा हेटौँडाको बुद्धचोक ठप्प पारेका थिए ।

Exit mobile version