प्रहरीले विकास र अब्दुलको साथबाट बरामद गरेको लागूऔषध खैरो हेरोइन ।

हेटौँडा : लागूऔषध खैरो हेरोइनसहित मकवानपुर प्रहरीले मंगलबार राती २ जनालाई पक्राउ गरेको छ । लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा हेटौँडा–१० का ३६ वर्षीय विकास तामाङ र हेटौँडा–४ का ३४ वर्षीय अब्दुल अन्सारीलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट ३ ग्राम ७०० मिलिग्राम लागूऔषध खैरो हेरोइन बरामद गरेको छ । प्रहरीले विकास तामाङको घरबाट दुबैजनालाई पक्राउ गरेको जनाएको छ । मकवानपुर प्रहरीले मकवानपुर जिल्ला अदालतबाट म्याद अनुमति लिई विकास र अब्दुललाई हिरासतमै राखी थप अनुसन्धान तथा कारवाही प्रक्रिया अगाडि बढाएको जनाएको छ । मकवानपुर प्रहरीले दैनिकजसो लागूऔषधसहित युवालाई पक्राउ गरिरहेको छ ।