हेटौँडा : मकवानपुर प्रहरी हेटौँडा–३, बसामाडीबाट लागूऔषध गाँजासहित ३ जनालाई पक्राउ गरेको छ । आइतबार बिहान ४ बजेर ५० मिनेटको समयमा विशेष सूचनाको आधारमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडा र प्रहरी चौकी बसामाडी लेवट मकवानपुरबाट खटिएको प्रहरी टोलील पूर्व–पश्चिम सडकखण्डमा नेवारपानीबाट हेटौँडातर्फ आउँदै गरेको बा.प्र.०६–००१ ज ०५०३ नम्बरको इभि गाडीलाई सुरक्षा जाँच गर्दा लागूऔषध बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
प्रहरीले गाडिमा सवार मकवानपुरको राक्सीराङ गाउँपालिका–१ का ३० वर्षीय प्रेमराज मोक्तान, १९ वर्षीय सन्दीप थिङ र १९ वर्षीय बुद्धिलाल मोक्तानको साथबाट लागूऔषध बरामद गरेको थियो । प्रहरीले उनिहरुको साथबाट २६ किलो १० ग्राम लागूऔषध गाँजा बरामद गरेको हो । पक्राउ परेका तीनै जनालाई लागुऔषध सम्बन्धी कसुरमा म्याद थप अनुमति लिएर जिल्ला प्रहरी कार्यालय मकवानपुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।











